काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२४ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछ।

बामगती प्रदेश सरकारले २०८१ देखि वैशाख २४ गतेका दिन प्रदेश भाषा दिवस मनाउन सुरु गरेको हो। प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार प्रदेश सरकारले २०८१ देखि प्रदेश भाषा दिवस मनाउन सुरु गरेको हो। ऐन, २०८० साल कात्तिक २३ प्रदेश राजपत्रमा प्रकाशित भएको थियो।

ऐनको दफा (१) को उपदफा (३) बमोजिम प्रदेश राजपत्रमा प्रकाशित भएको एक सय ८० दिनदेखि कार्यान्वयन हुने व्यवस्था गरिएको थियो। जसअनुसार २०८१ वैशाख २४ गते ऐन कार्यान्वयन भएको एक सय ८० दिन पुगेकाले त्यस वर्ष पहिलो प्रदेश भाषा दिवस मनाइएको हो।

बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ।