काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

फोटो कथा

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। काठमाडौँ उपत्यकाका नदीकिनारलगायत क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी बसेका घरटहरा भत्काइएका छन्।

घरटहरामा डोजर चलाएपछि ती क्षेत्र अहिले खण्डहर (उजाड) बनेका छन्। ती ठाउँमा बसेकाहरूलाई होल्डिङ सेन्टरमा राखिएको छ।

खण्डहर बनेको सुकुम्बासी बस्तीमा अहिले कबाड संकलन गर्नेको चहलपहल बढेको छ। उनीहरू कबाड खोजीका लागि यहाँ पुग्ने गरेका छन्।

उजाड सुकुम्बासी बस्ती अहिले कबाड संकलकहरूको आम्दानीको स्रोत बनेको छ। टेकुस्थित वंशीघाट क्षेत्रका सुकुम्बासी बस्ती गत शनिबार हटाएपछि अहिले त्यहाँ पनि कबाड संकलन गर्नेको चहलपहल बढेको छ।

भत्काइएका घरटहराबाट जस्तापाता, फलाम तथा विभिन्न धातुजन्य सामग्री संकलन गर्न बिहानैदेखि कबाड व्यवसायी पुग्ने गरेका छन्।
हेरौँ थप तस्बिर :