काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

फोटो कथा

सुकुम्बासीमथिको दमनविरुद्ध माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि राज्यले पछिल्लो समय दमन बढाएको भन्दै श्रम संस्कृति पार्टी बागमती प्रदेशले राजधानीमा विरोध प्रदर्शन गरेको छ।

काठमाडौँको माइतीघरमा शनिबार ‘यो देश गरिबको पनि हो’ भन्दै प्रदर्शन गरिएको हो।

प्रदर्शनकारीले राज्यको दमन बन्द गर्न माग गरे। यसैगरी सुकुम्बासी बस्तीमा विकल्पबिनै डोजर चलाउने र उनीहरूको गाँस-बास खोस्ने काम तत्काल बन्द गर्नुपर्ने माग गरिएको थियो।

आवासको हक मौलिक हक भएकाले राज्यले नागरिकलाई विचल्ली बनाउन नहुने उनीहरूको तर्क थियो।

प्रदर्शनकारीले ‘गरिबलाई बाँच्न देऊ’, ‘सुकुम्बासीको उठिबास बन्द गर’ लगायत नारा लेखिएका प्लेकार्ड र ब्यान प्रदर्शन गरेका थिए।

प्रदर्शनमा पार्टीका कार्यकर्तासँगै सुकुम्बासी र अधिकारकर्मीहरू सहभागी थिए।
हेर्नुहोस् थप तस्बिर :