काठमाडौँ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ६५ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ।
एक समारोहबीच ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका सवारी फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो। आफ्नो सवारी फिर्ता पाएपछि सवारीधनीहरूले खाँदा लगाएर ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन्।
यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यातायात व्यवस्था विभागले पटक-पटक कारबाहीमा परेका ३१ वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि सिफारिस गरिएको एमएसपी नवराज अधिकारीले जानकारी दिए।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ६५ वटा दुईपाङ्ग्रे सवारीसाधन (मोटरसाइकल र स्कुटर) सम्बन्धित धनीलाई फिर्ता गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानमा चोरी भई फेला परेका ती सवारी साधन एक कार्यक्रममार्फत सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।
सवारी फिर्ता पाएपछि धनीहरूले ट्राफिक प्रहरीप्रति आभार प्रकट गर्दै सम्मानसमेत व्यक्त गरेका थिए। यसैबीच, कार्यालयका अनुसार पटक-पटक ट्राफिक नियम उल्लंघन गर्ने ३१ वटा चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा सिफारिस गरिएको छ।