काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२८ बैशाख २०८३
तस्बिर : अर्थमन्त्रीको सचिवालय
अ+
अ-

काठमाडौँ। आगामी आव ०८३/८४ को बजेट निर्माणको पूर्वसन्ध्यामा नेपाल राष्ट्र बैंकले आफ्नो समीक्षा प्रतिवेदन सरकारलाई बुझाएको छ।

अर्थ मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा गभर्नर विश्वनाथ पौडेलले अर्थमन्त्री स्वर्णिम वाग्लेसमक्ष प्रतिवेदन पेस गरे।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ (४) मा रहेको कानुनी व्यवस्थाबमोजिम बैंकले हरेक वर्ष सरकारको वार्षिक बजेट तर्जुमाका लागि मुलुकको विद्यमान आर्थिक तथा वित्तीय अवस्था समेटिएको प्रतिवेदन बुझाउनुपर्ने हुन्छ। सोही व्यवस्थाअनुसार राष्ट्र बैंकले देशको वर्तमान समष्टिगत आर्थिक सूचकहरू, मुद्रास्फीति, शोधनान्तर स्थिति र आगामी मौद्रिक दिशा समेटेर यो प्रतिवेदन तयार पारेको हो।

प्रतिवेदन बुझ्दै अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकको सुझाव र वस्तुपरक विश्लेषणले आगामी आर्थिक वर्षको बजेटलाई थप व्यावहारिक र नतिजामुखी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले विद्यमान चुनौती सम्बोधन गर्दै आर्थिक वृद्धिलाई गति दिने गरी बजेट निर्माणको गृहकार्य भइरहेको जानकारी दिए।

कार्यक्रममा अर्थ मन्त्रालय र राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो। प्रतिवेदनले सरकारलाई आगामी बजेटको आकार, प्राथमिकताका क्षेत्र र स्रोत व्यवस्थापनका लागि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ।