काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२९ बैशाख २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

बाजुरा। बाजुराको बूढीगंगा नगरपालिकामा भिरबाट खसेको ढुंगा लागेर वडासदस्यको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही नगरपालिका ३‚ ताँप्राकी ३७ वर्षीया कल्पनादेवी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए।
फालासैनबाट घर फर्किने क्रममा मंगलबार दिउँसो गुइगाड खोलाको पुलनजिकै भिरबाट खसेको ढुंगा लागेर थापाको घटनास्थलमै मृत्यु भएको हो।
स्थानीय बासिन्दाले खबर गरेपछि बार्जुगाड प्रहरी चौकीबाट खटिएको टोलीले थापालाई मृतावस्थामा फेला पारेको प्रवक्ता शाहीले बताए। थापा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए।
रूखले च्यापेर बेलकलाको मृत्यु
यस्तै बाजुराको हिमाली गाउँपालिकामा मंगलबार नै रूखले च्यापेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिका ५‚ क्युडीकी ५० वर्षीया बेलकला बुढा रहेको वडा ४ का अध्यक्ष भीमानन्द पाण्डेले जानकारी दिए।
गाउँनजिकैको जंगलमा बाख्रा चराउन गएका बेला हुरीका कारण ढलेको रूखले च्यापिएर आज (मंगलबार) दिउँसो उनको घटनास्थलमै मृत्यु भएको हो।