काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

सेयरबजार

१०.०७ अंकले ओरालो लागेको नेप्सेमा तीन अर्बको कारोबार

३१ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। साताको चौथो कारोबार दिन आज (बिहीबार) पनि नेप्से ओरालो लागेको छ। आजको दिनमा नेप्से घटे पनि कारोबार रकम भने बढेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १०.०७ अंकले घटेको छ। अघिल्लो कारोबार दिन (बुधबार) ४.१५ अंकले घटेको नेप्से मंगलबार पनि ३९.४४ अंकले घटेको थियो। सोमबार भने नेप्से ३८.१९ अंकले बढेको थियो।

अघिल्लो कारोबार दिनको तुलनामा आज ०.३६ प्रतिशतले घटेको नेप्से २७३०.१७ विन्दुमा रोकिएको छ। आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ०.३४ अंकले घटेर ४६७.२० विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.०७ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.३१ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०८ प्रतिशतले घटेको छ।

सेयरबजारमा बुधबार ३३७ कम्पनीको ४६ हजार ४०२ पटकको कारोबारमा ७९ लाख ५८ हजार ७५२ कित्ता सेयर किनबेच भए। जसअनुसार बिहीबार तीन अर्ब २९ करोड दुई लाख ४४ हजार ६१९ रुपैयाँको कारोबार भयो।

बुधबार दुई अर्ब ८० करोड ७४ लाख ४६ हजार ३६१ रुपैयाँको कारोबार भएको थियो भने मंगलबार चार अर्ब ६६ करोड ५० लाख २० हजार ६७७ रुपैयाँको कारोबार भएको थियो। सोमबार भने चार अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६३५ रुपैयाँको कारोबार भएको थियो।

सेयर बजारमा आज ८० कम्पनीका सेयरमूल्य मात्र बढे। १७४ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १४ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहको कारोबार भएकामा तीन समूहका सूचक मात्र बढे भने बाँकी १० समूहका उपसूचक राताम्मे बने।

जसअनुसार बुधबार वाणिज्य बैंक समूहको सूचक ०.०६‚ विकास बैंक ०.५३‚ फाइनान्स ०.७२‚ होटेल तथा पर्यटन ०.३०‚ जलविद्युत् ०.२५‚ लगानी ०.२६ प्रतिशतले घटे। जीवन बिमा समूहको सूचक ०.०१ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह ०.५२ र लघुवित्त समूहको उपसूचक ०.२१ प्रतिशतले घट्यो।

यसैगरी म्युचुअल फन्ड समूहको उपसूचक ०.०८ प्रतिशतले बढ्दा निर्जीवन बिमा ०.५१ र अन्य समूहको सूचक २ प्रतिशतले घट्यो। यस्तै व्यापार समूहको उपसूचक भने ०.३२ प्रतिशतले बढ्यो।

नेप्सेमा बिहीबार युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९.७९ प्रतिशतले आम्दानी गरे भने एसियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९.८९ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा हिमालयन रि-इन्स्योरेन्स लिमिटेड अग्रस्थानमा रह्यो। आज हिमालयनको ३७ करोड ६८ लाख २६ हजार ४८८ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज एमबीएल इक्विटी फन्ड अगाडि रह्यो। बिहीबार यसको ६ लाख ४२ हजार ५५० युनिट सेयर किनबेच भयो। एमबीएलको अन्तिम कारोबार मूल्य भने प्रतियुनिट १०.१० रुपैयाँ कायम रह्यो।