काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२ जेष्ठ २०८३
अ+
अ-

कैलाली। कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम कचहरी २०८३’को सुरु हुँदै छ।

सुदूरपश्चिम विकास फाउण्डेसनको आयोजना तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा उक्त कार्यक्रम हुन लागेको हो।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम छ। कार्यक्रमले सुदूरपश्चिम प्रदेशको समग्र विकास र समृद्धिलाई झल्काउने आयोजकको दाबी छ।

सुदूरपश्चिम प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका लागि आयोजना हुने कार्यक्रमले प्रदेशको समृद्धि र सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पुर्‍याउन मद्दत पुग्ने विश्वास लिइएको छ।