काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले शतकीय पारि खेलेका छन्।
भुर्तेलले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा उत्कृष्ट शतकीय पारि खेले।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक शृंखलाको शनिबारको खेलमा उनले सानदार ब्याटिङ गर्दै आफ्नो शतक पूरा गरेका हुन्।
उनले अमेरिकी स्पिनर मोहम्मद मोहसिनको बलमा एक रन लिँदै आफ्नो महत्त्वपूर्ण शतकीय योगदान दिएका हुन्।
घरेलु दर्शकको बलियो साथ पाएका भुर्तेलले मैदानको चारैतर्फ आकर्षक सटहरू प्रहार गर्दै नेपाली इनिङ्सलाई बलियो स्थितिमा पुर्याए। लिग-२ को यस शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ।
