काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

४ जेष्ठ २०८३
एमाले अध्यक्ष केपी ओली।
अ+
अ-

काठमाडौँ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने कार्यलय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

गत शनिबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको हो । पार्टीको ११औँ महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन्।

एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरुलाई पालिका स्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ ।

हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानी तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । यसैगरी केन्द्रीय विभाग तथा निकायहरुमा जिम्मेवारी बाँडफाँडको तयारी छ।