काठमाडौँ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि शेरबहादुर देउवा पक्षका नेता/कार्यकर्ताले अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेका छन्।
अनामनगरमा वैशाखदेखि सम्पर्क कार्यालय स्थापना गरी विभिन्न जिल्लाका साथीभाइसँग भेटघाट र बैठक गर्ने उद्देश्यका साथ कार्यालय स्थापना गरेको कांग्रेस महासमिति सदस्य मनोहरि श्रेष्ठ जानकारी दिए।
“विभिन्न जिल्लाबाट साथीहरू आएका हुन्छन्, कहाँ भेट्ने, कहाँ जाने, ठाउँ हुँदैन, त्यसैले हामीले यो अफिस, सम्पर्क अफिस खोलेका हौँ,“ उनले भने।
