नेपाली बजारमा ऊर्जा बचत, स्मार्ट नियन्त्रण र छिटो चिस्याउने प्रविधिसहितको डुअल इन्भर्टर एसी
काठमाडौँ। एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्तालाई लक्षित गर्दै ‘किलोवाट म्यानेजर’ प्रविधिसहितको नयाँ डुअल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर श्रृंखला सार्वजनिक गरेको छ। यो उत्पादन सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा काठमाडौंमा आयोजित एक कार्यक्रममा औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
कम्पनीका अनुसार ‘किलोवाट म्यानेजर’ प्रविधिले प्रयोगकर्तालाई आफ्नो विद्युत् खपत सजिलै व्यवस्थापन गर्न सहयोग गर्नेछ। यसमार्फत प्रयोगकर्ताले ऊर्जा प्रयोगको सीमा निर्धारण, वास्तविक समयको खपत अनुगमन तथा असामान्य प्रयोगबारे जानकारी प्राप्त गर्न सक्नेछन्।
एलजीका नयाँ एसीमा डुअल इन्भर्टर कम्प्रेसर प्रयोग गरिएको छ। जसले ७० प्रतिशतसम्म ऊर्जा बचत गर्दै ४० प्रतिशत छिटो चिस्याउने क्षमता प्रदान गर्ने कम्पनीको दाबी छ।
यसैगरी ‘फ्रिज क्लिन’ प्रविधिले एसीभित्र जम्ने धुलो र ब्याक्टेरियालाई हटाएर स्वच्छ हावा प्रवाह सुनिश्चित गर्ने बताइएको छ। परीक्षणका क्रममा यसले करिब ९९ प्रतिशत ब्याक्टेरिया हटाउन सक्षम देखिएको कम्पनीले जनाएको छ।

नेपालको भौगोलिक तथा विद्युत् अवस्थालाई ध्यानमा राख्दै उत्पादनमा गोल्ड फिन कोटिङ, १०० प्रतिशत कपर ट्युब तथा स्टेबलाइजर-फ्री सञ्चालनजस्ता विशेषता समावेश गरिएको छ।
कार्यक्रममा सीजी इलेक्ट्रोनिक्सका प्रतिनिधिले नयाँ प्रविधिले उपभोक्तालाई ऊर्जा खर्च नियन्त्रणमा सहयोग गर्ने विश्वास व्यक्त गरे। ऊर्जा लागत बढ्दो अवस्थामा यस्तो स्मार्ट समाधानले नेपाली घरपरिवारलाई राहत दिने अपेक्षा गरिएको छ। एलजीका अनुसार यो नयाँ शृंखलाले नेपाली बजारमा ऊर्जा दक्ष र प्रयोगमैत्री घरेलु उपकरणको उपलब्धता थप सुदृढ गर्नेछ।