काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१४ जेष्ठ २०८३
अ+
अ-

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका सर्तप्रति आफू अझै ‘सन्तुष्ट नभएको’ बताएका छन् ।

द्वन्द्व अन्त्यका लागि सम्झौता गर्न तेहरान ‘निकै उत्सुक’ देखिए पनि अहिलेसम्म सहमति नजुटिसकेको ट्रम्पको भनाइ छ । सम्झौता हुन नसके वासिङ्टनले पुनः सैन्य आक्रमण सुरु गर्न सक्ने चेतावनी उनले दोहोर्‍याएका छन् ।

इरानी सरकारी टेलिभिजनले एउटा मस्यौदा सम्झौताको विवरण सार्वजनिक गरेलगत्तै ट्रम्पको यस्तो भनाइ आएको हो । उक्त कथित मस्यौदामा हर्मुज जलडमरुमध्य (स्ट्रेट अफ हर्मुज) पुनः खोल्ने र उक्त क्षेत्रबाट अमेरिकी सेना फिर्ता हुने उल्लेख थियो । ह्वाइट हाउसले भने उक्त विवरणलाई ‘पूर्ण रूपमा कपोलकल्पित’ भन्दै खारेज गरिदिएको छ ।

गत साताको अन्त्यतिर दुवै पक्षले वार्तामा प्रगति भएको संकेत गरेपछि छिट्टै सम्झौताको घोषणा हुन सक्ने अड्कलबाजी गरिएको थियो । तर, तेहरानले तत्कालै सम्झौता भइहाल्ने अवस्था नरहेको प्रस्टायो भने ट्रम्पले पनि आफ्ना वार्ताकारहरूलाई ‘हतार नगर्न’ निर्देशन दिएको बताएका थिए ।