काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१६ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएसँगै प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकलाई आश्वस्त पार्ने सन्देश दिएका छन्।

अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेलगत्तै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत ‘ढुक्क हुनुस्’ भन्दै छोटो प्रतिक्रिया जनाएका हुन्।

बजेट सार्वजनिक भएपछि विशेषगरी मध्यम वर्गीय नागरिक तथा राष्ट्रसेवक कर्मचारीबीच विभिन्न अपेक्षा र चासो व्यक्त भइरहेका बेला प्रधानमन्त्रीको यस्तो सन्देश आएको हो।

प्रधानमन्त्री शाहको संक्षिप्त अभिव्यक्तिलाई धेरैले बजेटमा समेटिएका नीति, कार्यक्रम तथा योजनाप्रति सरकारको आत्मविश्वास र नागरिकलाई विश्वस्त बनाउने प्रयासका रूपमा व्याख्या गरेका छन्।