काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१९ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सीमा विवादबारे प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिको बचाउ गरेका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नेक्रममा मंगलबार पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै पोखरेलले सीमा विवादलगायतका प्रश्नमा प्रधानमन्त्री बालेन फेरि सदनमा जवाफ दिन तयार रहेको समेत बताए। नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीले यसअघि संसद्मा भनेको विषय नै सत्य भएको बताउँदै उनले आवश्यक परे फेरि उत्तर दिने बताए।

पोखरेलले भने, ‘प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहन्छ । उहाँले अस्ति पनि सदनमा उपस्थित भएर उत्तर दिनुभएको हो। आवश्यकता पर्दाखेरि उहाँ फेरि सदनमा आएर उत्तर दिनुहुन्छ ।’

१७ जेठको संसद बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भइरहेको छ ।