काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले आफ्नो भनाइलाई सच्याउँदै माफी माग्नुपर्ने बताएका छन्।
संसद् भवन सिंहदरबारमा मंगलबार सञ्चारकर्मी उनले सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति सरासर गलत रहेको बताए। आफ्नो भनाइलाई सच्याउँदै प्रधानमन्त्री वालेन्द्र शाहले माफी माग्नुपर्ने पनि अध्यक्ष साम्पाङले बताए।
उनले राष्ट्रियताभन्दा ठूलो विषय बजेट नभएकाले पहिले सीमाका विषयमा सरकारले स्पष्ट पारे मात्रै सदन अघि बढ्न सक्ने बताए। उनले सीमाका विषयमा आएका सबै कुरा प्रधानमन्त्रीले नै स्पष्ट पार्नुपर्ने उल्लेख गरे।
अध्यक्ष साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिबाट सीमामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप देखिएकाले गम्भीर हुन सरकारलाई सुझाए।