काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१९ जेष्ठ २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। प्रहरीले काठमाडौँ महानगरपालिका १‚ नक्सालबाट दुई चिनियाँलाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार नारायणचौरको आरआर बिल्डिङ एन्ट्रो टेक्नोलोजी नामक कार्यालय खोलेर बसेका दुई चिनियाँलाई सोमबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चीनको फुजियानका ३३ वर्षीय वाङ वेन्ड र ३२ वर्षीय चेन सुआनगुई छन्। चिनियाँले कार्यालय खोलेर शंकास्पद गतिविधि गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए। ती चिनियाँ भिजिट भिसामा नेपाल आएका थिए। भिसाको उद्देश्यविपरीत उनीहरूले काम गरिरहेको पाइएको छ।

चिनियाँले विदेशी मोडल तथा युवतीहरूको लाइभ हब एपमार्फत अकाउन्ट क्रिएट गर्थे। विदेशी र भारतीय नागरिकलाई साथी बनाएर पैसा माग्ने गर्थे। प्रहरीले उनीहरूलाई अध्यागमन विभाग कालिकास्थान पठाएको छ।