काठमाडौं। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर, युरो, युके पाउण्डको भाउ बढेको छ।
आज अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर र जापानी ऐनको भाउ पनि बढेको छ।
आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २९ पैसा थियो।
आज युरो एकको खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८८ पैसा छ। हिजो युरो एकको खरिददर १७६ रुैपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३६ पैसा थियो।
पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। आज पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ९० पैसा र बिक्रीदर २०५ रुपैयाँ ७० पैसा छ। हिजो पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २४ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५ पैसा थियो।
आज अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ। आज अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा छ।
क्यानेडियन डलरको भाउ पनि आज बढेको छ। आज क्यानेडियन डलर एकको खरिदर १०९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११० रुपैयाँ २६ पैसा छ। हिजो क्यानेडियन डलर एकको खरिदर १०९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११० रुपैयाँ १४ पैसा थियो।
आज सिंगापुर डलरको भाउ पनि बढेको छ। आज सिंगापुर डलरको एकको खरिददर ११८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४५ पैसा छ। हिजो सिंगापुर डलरको एकको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा थियो।
जापानी ऐनको भाउ पनि बढेको छ। जापानी ऐन १० को खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा छ। हिजो जापानी ऐन १० को खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा थियो।