काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२० जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। विश्व साइकल दिवसको अवसरमा काठमाडौंस्थित खुला मञ्चबाट बुधबार साइकल र्‍याली आयोजना गरिएको छ।

नेपाल साइकल सोसाइटीको संयोजकत्त्वमा आयोजित र्‍यालीमा साइकलप्रेमीहरूको सहभागिता रहेको थियो।

साइकललाई वातावरणमैत्री, स्वास्थ्यमैत्री तथा दिगो यातायातको माध्यमका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित र्‍यालीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको समेत उपस्थिति रहेको थियो।

सहभागीहरूले साइकलमैत्री पूर्वाधार निर्माण, सुरक्षित सडक र दिगो सहरी यातायातको पक्षमा आवाज उठाएका थिए।