काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२० जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोलामा ३५ रुपैयाँ घटेको छ। बुधबार एक तोला चाँदीको मूल्य पाँच हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पाँच हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो।