काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

२४ जेष्ठ २०८३
फाइल फोटो
अ+
अ-

झापा। झापाको मेचीनगर नगरपालिका–४ स्थित माताचोक नजिक गोरेटो बाटो छेउमा १५ फिट लामो अजिंगर सर्प फेला परेकामा उद्धार गरिएको छ।

गएराति करिब ११ बजे स्थानीयवासीले अजिंगर देखेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई जानकारी गराएका थिए।

सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर सुरक्षित रूपमा उद्धार गरी प्रहरी चौकी बाहुनडाँगीमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन बानियाँले जानकारी दिए।

उनका अनुसार अजिङ्गरको उद्धार तथा व्यवस्थापनका लागि डिभिजन वन कार्यालय बाहुनडाँगीसँग समन्वय गरिएको छ।

यहाँ वन क्षेत्र नजिकका बस्तीमा बेलाबेला अजिंगर हात्ती तथा अन्य वन्यजन्तु प्रवेश गर्ने गरेका छन्। प्रहरीले यस्ता वन्यजन्तु देखिएमा नजिक नजान र तत्काल सम्बन्धित निकायलाई खबर गर्न स्थानीयलाई आग्रह गरेको छ।