काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२५ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ । सोमबार पनि सुनको भाउ घटेको छ । अघिल्लो दिन प्रतितोला ८ हजार २ सय रुपैयाँ घटेको सुन आज ९ सय रुपैयाँ घटेको हो।

यो गिरावटसँगै सुनको भाउ ३ लाखमुनि झरेको छ । सोमबार सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ छ । अघिल्लो दिन ३ लाख ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत सोमबार भने ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तर चाँदीको भाउ १० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९०५ रुपैयाँ पुगेको छ ।