Nepal News
Nepal News
bookmark_border
  • शैली
  • किताबशाला
  • त्यो काण्ड
  • व्यक्तिवृत्त
  • अनुभूति
  • सात सवाल
  • साताको शट
  • पत्रकारको टिपोट
मुख्य पृष्ठ English
bookmark_border
  • cards_star शैली
  • auto_stories किताबशाला
  • cyclone त्यो काण्ड
  • 3p व्यक्तिवृत्त
  • ar_on_you अनुभूति
  • contact_support सात सवाल
  • camera साताको शट
  • chat पत्रकारको टिपोट
  • English
  • मुख्य पृष्ठ
  • युटिलिज
हाम्रो बारे गोपनितया सम्पर्क

Copyright © 2025 Nepal News. सर्वाधिकार सुरक्षित

सर्च

एक लाख डलर भिसा शुल्कमा अमेरिकी अदालतको रोक

नेपालन्युज

नेपालन्युज

२६ जेष्ठ २०८३
अ
अ+
अ-

वासिङ्टन। उच्च दक्ष विदेशी कामदारका लागि भिसा आवेदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको एक लाख अमेरिकी डलर शुल्क लागू गर्न नपाइने गरी अमेरिकी संघीय अदालतले रोक लगाएको छ।

यो निर्णयले आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवादलाई पुनः सतहमा ल्याएको छ। अमेरिकी जिल्ला न्यायाधीश लियो सोरोकिनले सोमबार २० वटा डेमोक्रेटिक शासन भएका राज्यहरूले दायर गरेको मुद्दामा फैसला सुनाउँदै उक्त शुल्कलाई अमेरिकी संसद्ले तोकेको कर अधिकारविपरीत भएको ठहर गरेका हुन्। उनका अनुसार राष्ट्रपति प्रशासनसँग एच–१बी भिसा आवेदनमा यस्तो प्रकारको शुल्क लगाउने कानूनी अधिकार छैन।

फैसलामा न्यायाधीश सोरोकिनले ‘जे नाम दिइए पनि एक लाख डलर भुक्तानीको स्वरूप र यसको प्रयोग हेर्दा यो कर नै हो भन्ने स्पष्ट हुन्छ’ भन्दै सरकारको तर्क अस्वीकार गरेका छन्। उनले यस्तो कर लगाउने अधिकार राष्ट्रपतिको कार्यकारी निकायसँग नरहेको पनि स्पष्ट गरे। यसअघि अर्का संघीय न्यायाधीशले डिसेम्बरमा छुट्टै मुद्दामा सो शुल्कलाई वैध ठहर गरेका थिए, जसविरुद्ध अहिले पुनरावेदन प्रक्रिया चलिरहेको छ।

उक्त मुद्दा अमेरिकी वाणिज्य चेम्बर तथा अमेरिकी विश्वविद्यालयहरूको संघजस्ता संस्थाले दायर गरेका थिए। उक्त संस्थाले अमेरिका आधारित ६९ अनुसन्धान विश्वविद्यालयहरूको प्रतिनिधित्व गर्छन्। राष्ट्रपति ट्रम्पले सेप्टेम्बरमा नयाँ एच–१बी भिसा नीति घोषणा गर्दै अमेरिकी श्रमिकलाई कम ज्यालामा काम गर्न इच्छुक विदेशी श्रमिकहरूले विस्थापित गरिरहेको दाबी गरेका थिए। यसै नीतिलाई उनको प्रशासनको व्यापक आप्रवासन नियन्त्रण अभियानको हिस्सा मानिएको छ। संयुक्त राज्य अमेरिकाले वार्षिक ८५ हजार एच–१बी भिसा लटरी प्रणालीमार्फत प्रदान गर्छ, जसमा करिब तीन चौथाइ लाभार्थी भारतबाट हुने गरेका छन्।

यसअघि एच–१बी भिसा आवेदन शुल्क अधिकतम पाँच हजार अमेरिकी डलरसम्म मात्र रहेको थियो। यस निर्णयको विरोधमा राष्ट्रपति ट्रम्पका पूर्व सहयोगी एलन मस्कलगायत प्रविधि उद्यमीहरूले पनि अमेरिकी प्राविधिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको भन्दै यस्तो कडाइले प्रविधि उद्योगलाई नोक्सान पुग्न सक्ने चेतावनी दिएका थिए।

local_fire_department
भर्खरै
  • २२ मिनेट अगाडि भारतीय सैन्य विमान दुर्घटना अपडेट: पाइलटसहित ५ जनाको मृत्यु
  • ३८ मिनेट अगाडि कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व
  • ४१ मिनेट अगाडि कर्णाली करिडोरमा भिरबाट खसेको ढुंगा लागेर हुम्लामा १५ वर्षीया किशोरीको मृत्यु
  • १ घण्टा अगाडि जिरी–४ का जिरेल महिलालाई नौमती बाजा बजाउने तालिम
  • २ घण्टा अगाडि रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
  • २ घण्टा अगाडि काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन
whatshot
ट्रेन्डिङ

सम्बन्धित समाचार
भारतीय सैन्य विमान दुर्घटना अपडेट: पाइलटसहित ५ जनाको मृत्यु
३० जेष्ठ २०८३
भारतीय सैन्य विमान दुर्घटना अपडेट: पाइलटसहित ५ जनाको मृत्यु
कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व
३० जेष्ठ २०८३
कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व
कर्णाली करिडोरमा भिरबाट खसेको ढुंगा लागेर हुम्लामा १५ वर्षीया किशोरीको मृत्यु
३० जेष्ठ २०८३
कर्णाली करिडोरमा भिरबाट खसेको ढुंगा लागेर हुम्लामा १५ वर्षीया किशोरीको मृत्यु
जिरी–४ का जिरेल महिलालाई नौमती बाजा बजाउने तालिम
३० जेष्ठ २०८३
जिरी–४ का जिरेल महिलालाई नौमती बाजा बजाउने तालिम
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
३० जेष्ठ २०८३
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन
३० जेष्ठ २०८३
काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन
आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
३० जेष्ठ २०८३
आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
शनिबार रत्नपार्क क्षेत्रमा बढ्यो चहलपहल [फोटो फिचर]
३० जेष्ठ २०८३
शनिबार रत्नपार्क क्षेत्रमा बढ्यो चहलपहल [फोटो फिचर]
  • English
  • नेपाली

नेपाल न्युज प्रा. लि.

सूचना विभाग दर्ता नं.: १५०५/०७६-७७

अध्यक्ष: प्रमोदराज सेढाई

सम्पादक: रविन गिरी

सम्पर्क विवरण

ठेगाना: सिद्धार्थ कम्प्लेस, बबरमहल (हनुमानस्थान), काठमाडौँ

इमेल: [email protected]

फोन: +९७७-०१५३१३४५६/५३१३४४४

विज्ञापन

इमेल: [email protected]

फोन: +९७७-०१५३१३४५६

विविध

गोपनीयता

हाम्रो बारेमा

हाम्रो टिम

न्युजलेटर

[newsletter_form]

Copyright © 2025 Nepal News. सर्वाधिकार सुरक्षित