काठमाडौँ
००:००:००
२८ जेष्ठ २०८३, बिहीबार

२८ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक सङ्घले जेठ महिनामा चार पटकसम्म अण्डाको फार्म मूल्य वृद्धि गरेको छ। जेठ ३ देखि २८ गतेसम्म भएका विभिन्न बैठकमार्फत चितवनलाई आधार मानेर नयाँ मूल्य निर्धारण गरिएको हो।

यस अवधिमा एक्सएल, ठूला र मिडियम अण्डाको मूल्य प्रति क्रेट ४५ रुपैयाँले र सानो अण्डाको मूल्य प्रति पेटी ५०० रुपैयाँले बढाइएको छ।

नयाँ समायोजनपछि एक्सएल अण्डा प्रति क्रेट ५७५ रुपैयाँ, ठूला ५६० रुपैयाँ, मिडियम ५३० रुपैयाँ र सानो अण्डा ३ हजार २०० रुपैयाँ पुगेको छ।

तर उपभोक्ताका लागि प्रति गोटा अण्डाको सिफारिस मूल्य २५ रुपैयाँ नै यथावत् राखिएको छ।