३० जेष्ठ २०८३
अ+
अ-

काठमाडौं। सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ता तथा सुचना अधिकारिको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्र बहादुर कार्कीलाई दिइएको छ।

यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णु प्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा सरुवा भएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक कार्कीलाई सो जिम्मेवारी दिइएको हो।