काठमाडौँ
००:००:००
४ असार २०८३, बिहीबार

४ असार २०८३
अ+
अ-

सुर्खेत। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगरमा रहेको खाद्य गोदाममा अत्यावश्यक दैनिक उपभोग्यवस्तु भरिभराउ छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै खाद्यान्न ढुवानीको जिम्मेवारी पाएका ढुवानीकर्ताले भाडा महँगो हुने भन्दै ढुवानी रोकेपछि प्रदेश कार्यालयमै खाद्यान्न थन्किएको छ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै ढुवानी भाडा महँगो भएको कारण देखाइ खाद्यान्न ढुवानी कार्य प्रभावित भइरहेको प्रदेशिक कार्यालय प्रमुख केशवराज बुढाले जानकारी दिए।

भाडा सम्बन्धमा मूल्य समायोजन नभएको भन्दै ढुवानीको काम रोकिएको उनले बताए। सुर्खेतबाट कर्णालीका १० जिल्लामा खाद्यान्न ढुवानी हुँदै आएको छ।

हिमाली जिल्लामा चिसो मौसममा हिउँले बाटो अवरुद्ध हुने भएकाले यो समय पालिकासँग कम्पनीले सम्झौता गरेर तीव्र रूपमा गर्नुपर्ने खाद्यान्न ढुवानीको काम प्रभावित भएको छ। मूल्यवृद्धिसँगै त्यस क्षेत्रमा ३० प्रतिशत मात्र खाद्यान्न ढुवानी भएको छ। -रासस