६ असार २०८३
अ+
अ-

काठमाडौं। फिफा विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा मोरक्कोले स्कटल्यान्डलाई १–० ले पराजित गरेको छ।

खेल सुरु भएको मात्र ७० सेकेन्डमै इस्माइल साइबारीले गरेको गोल नै मोरक्कोको जितका लागि निर्णायक बन्यो। ब्राहिम डियाजको उत्कृष्ट पासमा साइबारीले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।

पहिलो हाफमा अग्रता बनाएको मोरक्कोले त्यसलाई अन्तिमसम्म जोगायो। दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्ने अवसर सिर्जना गरे पनि कुनै पनि टोलीले त्यसलाई सदुपयोग गर्न सकेन।

बराबरी गोलको खोजीमा रहेको स्कटल्यान्डले केही राम्रो अवसर पाए पनि मोरक्कोको रक्षापंक्तिलाई छक्याउन असफल रह्यो।

मोरक्को दुई खेलमा एक जित र एक बराबरीसहित ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ।