काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

९ असार २०८३
विशेष अदालतमा विष्णुप्रसाद पौडेल। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सात दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।

सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका पौडेललाई मंगलबार विशेष अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको हो।

विशेष अदालतकी सूचना अधिकारीका पार्वती हितानका अनुसार न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको हो।

पौडेल सोमबार सुर्खेतबाट पक्राउ परेका थिए। यसअघि सरकारी र पौडेल पक्षबीचका कानुन व्यवसायीले विशेष अदालतमा बहस गरेका थिए।