काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

१४ असार २०८३
तस्बिर: रोयटर्स
अ+
अ-

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को अन्तिम खेलमा कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन्।

मियामीस्थित हार्ड रक स्टेडियममा भएको यो खेलमा अन्तिम समयसम्म दुवै टिमले आकर्षक अवसर पाए पनि गोल हुन सकेन। पुरै समय अवधिभर कोलम्बियाले दबाबमा राखेको खेलमा दुवै टोलीबाट कुनै गोल हुन सकेन।

खेल बराबरीमा सकिएसँगै कोलम्बिया समूह विजेता र पोर्चुगल उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन्। खेलभरि कुनै गोल हुन नसके पनि प्रतिस्पर्धा भने निकै रोमाञ्चक र आक्रामक बनेको थियो।

आजको खेलपछि कोलम्बियाले राउन्ड अफ ३२ का लागि घाना र पोर्चुगलले क्रोएसियाको सामना गर्ने छन्।