काठमाडौं। आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ४ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको छ। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा एक सय ४५ रुपैयाँले बढेर तोलामा ४ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार १८० रूपैयाँमा कारोबार भएको थियो ।