काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

१४ असार २०८३
अ+
अ-

काठमाडौं। काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ।

एसएचए २२७ जहाज भैरहवामा अवतरण गरेसँगै अहिले यात्रुहरू विमानस्थलमै रहेको विमानस्थलका कर्मचारीले जानकारी दिएका हुन्।

कम्पनीले काठमाडौंबाट अर्को जहाज लगेर यात्रुलाई धनगढी लैजाने तयारी भइरहेको छ। ककपिटमा धुवाँको संकेत देखेपछि पाइलटले जहाजलाई तत्काल भैरहवा अवतरण गर्ने निर्णय लिएको छ।