काठमाडौँ। राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ।
बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गरेका थिए।
त्यसपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक आधा घण्टाका लागि स्थगन गरेका हुन्।