काठमाडौँ
००:००:००
१५ असार २०८३, सोमबार

१५ असार २०८३
विशेष अदालतमा नेकपा एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई म्याद थप तथा बहसका लागि विशेष अदालतमा उपस्थित गराइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएपछि पौडेललाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको थियो। सोही सिलसिलामा आज (सोमबार) उनलाई थप अनुसन्धानका लागि म्याद लिने तथा प्रारम्भिक बहस प्रक्रिया अघि बढाउन विशेष अदालतमा उपस्थित गराइएको हो।

अदालतमा सरकारी वकिल पक्षले अनुसन्धानका लागि थप समय आवश्यक रहेको दाबी गर्दै म्याद थप माग गर्ने तयारी गरेको छ। पौडेल पक्षले कानुनी प्रक्रिया र प्रमाणका आधारमा आफ्ना तर्क प्रस्तुत गर्ने बताइएको छ। पौडेलमाथि अवैध सम्पत्ति आर्जन तथा त्यसको स्रोत नखुलेको रकमलाई वैध देखाउने प्रयास गरेको आरोपमा अनुसन्धान भइरहेको छ।