काठमाडौँ
००:००:००
१६ असार २०८३, मंगलवार

१६ असार २०८३
अ+
अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित केन्द्रीय सदस्यहरुको शपथ भोलि बुधबार हुने भएको छ।

चितवनको भरतपुरमा सम्पन्न पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनबाट निर्वाचित भएका ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ ग्रहण बुधबार हुन लागेको हो।

रास्वपा महामन्त्री विपिन आचार्यका अनुसार बुधबार बिहान ११ बजे काठमाडौँको चप्पलकारखानास्थित पार्टी केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा शपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको छ।

बैठकमा सभापति लामिछानेले मनोनीत गर्ने केन्द्रीय सदस्यको प्रस्ताव गर्न सक्नेछन्। रास्वपाको विधानअनुसार सभापति लामिछानेले ५१ केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था छ।

केन्द्रीय सदस्य मनोनीत गरेपछि पदाधिकारी मनोनीत हुनेछन्। जसअनुसार सभापतिले उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, प्रवक्ता र तीन जना सहप्रवक्ता मनोनीत गर्ने विधानको व्यवस्था छ।