२० असार २०८३
अ+
अ-

अमेरिका। अमेरिकाको विस्कन्सिन राज्यको दक्षिणी भागको जेनेभा तालमा गम्भीर मौसमका कारण डुंगा पल्टिएर दुर्घटना हुँदा ३ जना बालबालिकाको मृत्यु भएको जनाइएको छ।

जेनेभा प्रहरी विभागले ४ बच्चाहरू सहित १० जना सवार रहेको डुंगा तीव्र हावा र उग्र छालहरूको कारणले डुबाएको जनाएको छ। ६ जना वयस्क र एक बालकलाई पानीबाट उद्धार गरिएको जनाउदै प्रहरीले अन्य तीन जना बालबालिकाको उद्धार प्रयासका बावजुद मृत्यु भएको पुष्टि गरेको छ।

वालवर्थ काउन्टी अन्डरशेरिफ टम हाउसनरले दक्षिणी वालवर्थ काउन्टीमा दिउँसो शक्तिशाली आँधी आउदा ठुलो क्षति भएको बताइएको छ।

लेक जेनेभा शहरका मेयर टोड क्राउसले दुर्घटना पछि आपतकालिन अवस्था घोषणा गरेका छन्। वालवर्थ काउन्टीले नजिकैका काउन्टीहरूमा कानून प्रवर्तन र विस्कन्सिन प्राकृतिक संसाधन विभागबाट सहयोग मागेको हाउसनरले बताएका छन्।

यसैगरी मिडवेस्टमा आएको आँधीका कारण, धेरै अमेरिकी शहरहरूमा छुट्टी हुनुका साथै कार्यक्रमहरु रद्द गरेको मिडियाले रिपोर्ट गरेका छन्।