सरकारका १०० दिन

२० असार २०८३
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४.४४ टन अनुदानित रासायनिक मल बिक्री-वितरण गरेको छ।

सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले यो अवधिमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत यति परिमाणको रासायनिक मल अनुदानित मल बिक्री वितरण गरिएको बताए।

चैत २०८२ देखि हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडबाट ५३ हजार ७१६.४५ टन र साल्ट ट्रेडिङ कर्पोरेसनबाट ३५ हजार ४७८.१० टन अनुदानित रासायनिक मल बिक्री वितरण गरिएको छ।

सरकारले रासायनिक मल वितरक कम्पनीहरूलाई प्रदान गरिने रकम निकासालाई व्यवस्थित, वस्तुपरक र व्यवहारिक गराउन अनुदानको मल वितरण व्यवस्थापन (दोस्रो संशोधन कार्यविधि),२०८३ समेत जारी गरेको छ।