काठमाडौँ
००:००:००
२५ माघ २०८२, आईतवार

३ पुष २०८२
तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले रिहा गर्ने आदेशसँगै नख्खु कारागार परिसरमा कार्यकर्ताको भिड लागेको छ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले बिहीबार लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ। सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले थुनामुक्त गर्ने आदेश गरेको हो।

सहकारी ठगीको अभियोगमा लामिछाने २२ चैत २०८१ देखि पुर्पक्षका लागि थुनामा थिए। भैरहवा कारागारमा रहेका बेला लामिछानेले रूपन्देहीमा दर्ता भएको मुद्दाका आधारमा आफ्नो भागमा परेको बिगोबापतको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी दाखिला गर्दै थुनामुक्त हुन पाउने माग गर्दै १९ साउनमा निवेदन दर्ता गराएका थिए।

सहकारी मुद्दामा बिगो मागिएबमोजिम रकम सबैलाई भाग लगाउँदै आफ्नो भागमा पर्ने छुट्याएर प्रभु बैंकको ग्यारेन्टी पत्र निवेदनसाथ लामिछानेले बुझाएका थिए।

हेर्नुहोस् थप तस्बिर :