कांग्रेसी राजनीति
महामन्त्रीद्वयको आह्वानमा हुन थालेको विशेष महाधिवेशनमा ६० प्रतिशत प्रतिनिधि सहभागी हुने दाबी‚ दिउँसो १ बजे उद्घाटन
काठमाडौँ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा भोलि (आइतबार) देखि सुरु हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनमा प्रमुख अतिथिका रूपमा सभापति शेरबहादुर देउवालाई आमन्त्रण गरिएको छ।
महाधिवेशनमा ६० प्रतिशत प्रतिनिधि सहभागी हुने दाबी गरिएको छ। बिहान ११ बजेदेखि सुरु हुने र्याली भृकुटीमण्डपमा पुगेर दिउँसो १ बजे औपचारिक रूपमा महाधिवेशन उद्घाटन गरिने कार्यक्रम तय छ। आइतबार र सोमबार दुई दिन चल्ने भनिएको महाधिवेशनमा सभापति देउवालाई प्रमुख अतिथिका रूपमा निम्तो गरे पनि उनी सहभागी हुने अवस्था क्षीण देखिन्छ।
यो पनि…
कांग्रेसको विशेष महाधिवेशन : तयारी तीव्र‚ ठडिँदै ‘स्टेज’ [फोटो फिचर]
विशेष महाधिवेशनको सभापति शेरबहादुर देउवासहित अधिकांश संस्थापन पक्षका नेताहरूले विरोध गरेका छन्। महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आइसकेका छन्।
भृकृटीमण्डपमा शनिबार गरिएको पत्रकार सम्मेलनमा विशेष महाधिवेशनको पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि पुगेको दाबी गरिएको छ। पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले विशेष महाधिवेशन पक्षमा अहिले पनि हस्ताक्षर गर्ने र खुल्ने क्रम जारी रहेको बताए।