काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

२९ पुष २०८२
तस्बिर : क्यान
अ+
अ-

काठमाडौँ। आईसीसी टी-ट्वेन्टी विश्वकप खेल्न लागेको नेपालले श्रीलंका ‘ए’ टिमसँग अभ्यास शृंखला खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोलीले भारत र श्रीलंकामा विश्वकप तयारी गर्नेछ। नेपालले श्रीलंका भ्रमणमा ‘ए’ टोलीसँग तीन खेलको शृंखला खेल्ने क्यानले जनाएको छ।

खेल २०, २२ र २४ जनावरीमा हुनेछ। यस्तै श्रीलंका क्रिकेट डेभलपमेन्ट कोल्ट्ससँग अभ्यास खेल्ने खेल्नेछ। यी खेल १९, २१ र २३ जनावरीसम्म हुनेछ।

त्यसपछि टोली भारत जानेछ। भारतमा मुम्बई क्रिकेट एसोसिएसन (एमसीए) प्रेसिडेन्ट इलाभेनसँग २९ जनावरीमा एक खेलको शृंखला खेल्नेछ।

त्यसअघि टोलीले एक डे/नाइट अभ्यास खेल खेल्नेछ। टी-ट्वेन्टी विश्वकप ७ फेब्रुअरीबाट भारत र श्रीलंकामा सुरु हुँदै छ।

प्रतियोगितामा २० टोली सहभागी हुनेछन्। भारत र श्रीलंकाका आठ मैदानमा २९ दिनसम्म यो प्रतियोगिता चल्नेछ। नेपाल समूह ‘सी’मा परेको छ। नेपालको समूहमा समान दुईपटकको च्याम्पियन इङ्ल्यान्ड र वेस्ट इन्डिजसँगै इटाली र बंगलादेश छन्।