काठमाडौँ
००:००:००
३० पुष २०८२, बुधबार

३० पुष २०८२
नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्रमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा कानुनी परामर्शमा जुटेका छन्। सभापति शेरबहादुर देउवासँगको वार्ता निष्कर्षविहीन भएपछि थापा-शर्मा कानुनी परामर्शमा जुटेका हुन्।

उनीहरू आज विशेष महाधिशनस्थलमा आइसकेका छैनन्। “देउवा निवासबाट निस्किएपछि दुवै महामन्त्री कानुनी परामर्शमा हुनुहुन्छ,” विशेष महाधिवेशन प्रचार-प्रसार समितिका सदस्य जीवन भण्डारीले भने, “कहाँ हुनुहुन्छ भन्ने यकिन छैन, कानुनी परामर्शमा हुनुहुन्छ।”

वार्ता असफल भएसँगै निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाएको छ। सर्वसम्मत नेतृत्व चयन गरी निर्वाचन आयोग जाने तयारी भइरहेको भण्डारीले बताए।