काठमाडौँ
००:००:००
३० पुष २०८२, बुधबार

३० पुष २०८२
अ+
अ-

काठमाडौँ। गगनकुमार थापाले सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताएका छन्। उनले विशेष महाधिवेशनले देउवा नेतृत्वको कार्यसमिति भंग गरिसकेकाले नयाँ नेतृत्व चयन गरेर जाने बताए।

पार्टीले निष्कासनको कारबाही गरेपछि विशेष महाधिवेशनस्थल पुगेका थापाले भने, “विशेष महाधिवेशनले अब नयाँ नेतृत्व चयन गरेर जान्छ, देउवाको कार्यसमिति भंग भइसकेको छ।”

थापाले कांग्रेस कुनै व्यक्तिको प्राइभेट कम्पनी नरहेको बताए। “९ कक्षा पढ्दादेखि पार्टीको झन्डा बोकेर हिँडेको हुँ, ०६२/६३ को आन्दोलनमा भूमिका खेलेको हुँ। यो पार्टी कसैको प्राइभेट कम्पनी हो?”

नेपाली कांग्रेस विशेष महाधिवेशनले सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति भने मंगलबारै विघटन गरिसकेको थियो। १३४ सदस्यीय केन्द्रीय समितिको निर्वाचन प्रक्रिया सुरु भएसँगै पुरानो कार्यसमिति भंग भएको निर्वाचन कार्यालयले जनाएको थियो। देउवा नेतृत्वमा २४ देखि २८ मंसिर २०७८ मा केन्द्रीय कार्यसमिति गठन भएको थियो।

यो पनि…

गगन थापाले भने- अन्तरिम नेतृत्व मात्रै मागेका थियौँ, देउवा मानेनन्