काठमाडौँ। नेपाली कांग्रेस विशेष महाधिवेशनले ३५ जना खुला केन्द्रीय सदस्य चयन गरेको छ। विशेष महाधिवेशनले बुधबार राति गगनकुमार थापाको सभापतित्वमा १३४ सदस्यीय अन्तरिम कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल छन्। शर्मा थापानिकट हुन् भने भुसाल संस्थापन पक्षबाट विद्रोह गरेर विशेष महाधिवेशनमा आएकी हुन्।
महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्। पौडेल थापानिकट थिए। घिमिरे भने वरिष्ठ नेता शेखर कोइरालानिकट हुन्। उनी कोइराला समूहमा विद्रोह गरी विशेष महाधिवेशनमा खुलेका थिए।
आठ सहमहामन्त्रीमा डिला संग्रौला‚ प्रकाश रसाइली स्नेही‚ बहादुरसिंह लामा‚ उदयशमशेर राणा‚ मुक्ताकुमारी यादव‚ फरमुल्लाह मन्सुर‚ योगेन्द्र चौधरी र कर्णबहादुर बुढा चयन भएका छन्।
१२१ केन्द्रीय सदस्य चयन भएका छन्। जसमा खुला केन्द्रीय सदस्य ३५ जना छानिएका छन्। खुला सदस्यमा गोपालमान श्रेष्ठ‚ ओमकारप्रसाद श्रेष्ठ‚ अर्जुननरसिंह केसी‚ राजेन्द्रकुमार केसी‚ अर्जुनप्रसाद जोशी‚ सुरेशकुमार योङ्या‚ चिनकाजी श्रेष्ठ‚ सुधीर शिवाकोटी‚ भरत शाह‚ मधु आचार्य‚ अमृत अर्याल‚ ध्रुव वाग्ले‚ देवराज चालिसे‚ विनोद चौधरी‚ मोहन आचार्य छन्।
यो पनि…
यसैगरी‚ अन्य सदस्यमा उज्जवल बराल‚ अजयबाबु शिवाकोटी‚ प्रेमबहादुर खड्का‚ जयराम लामिछाने‚ वसन्त भट्टराई‚ प्रदीप शर्मा‚ जगत जोशी‚ प्रमोदहरि गुरागाईं‚ केदारनरसिंह केसी‚ विदुर बस्नेत‚ तीर्थजंग शाही‚ भरत खड्का‚ सुवास पोखरेल शम्भु बुढाथोकी रहेका छन्।
यसैगरी‚ अन्य केन्द्रीय खुल्ला सदस्यमा धर्मराज गौतम‚ टेकराज पौडेल‚ तिलक रानाभाट र राजेन्द्रगोपाल सिंह छन्।
विशेष महाधिवेशनले खुला महिला सदस्यमा चम्पादेवी खड्का‚ धना खतिवडा‚ नानु बास्तोला‚ चिनु पोखरेल‚ जानकी सिंह‚ प्रतिमा गौतम‚ गीता सत्याल‚ सन्तोषी साउद ऐरी र दिलकुमारी राईलाई चयन गरेको छ।