काठमाडौँ
००:००:००
२ माघ २०८२, शुक्रबार

२ माघ २०८२
निर्वाचन आयोगमा पुगेको देउवा पक्ष। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ । नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेपछि सभापति शेरबहादुर देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगेका छन्।

विमलेन्द्र निधि, रमेश रिजाल, श्याम घिमिरे, हरिशरण नेपाली, कल्याण गुरुङ, जीतजंग बस्नेत लगायत देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगेका हुन् ।

विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा बिहीबार निर्वाचन आयोग पुगेका थिए । थापाले नयाँ नेतृत्वको कागजात अद्यावधिक गरिदिन निवेदन दिएका छन् । थापा नेतृत्वको नयाँ कार्यसमिति अद्यावधिक गर्नका लागि निर्वाचन आयोग पुगेको भोलिपल्टै देउवा पक्षका नेताहरू निर्वाचन आयोग पुगेका हुन् ।