काठमाडौँ
००:००:००
२ माघ २०८२, शुक्रबार

२ माघ २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। ३३ किलो सुन र सनम शाक्यको अपरहण तथा हत्या प्रकरणमा फरार रहेका आरोपी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१७ का ३३ वर्षीय सुरेन्द्र गौतम रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँ र मोरङ प्रहरीको टोलीले गौतमलाई शनिबार काठमाडौँबाट पक्राउ गरेको मोरङ प्रहरीका सूचना अधिकारी हरिनन्दन चौधरीले बताए।

३ फागुन २०७४ मा शाक्यको मोरङ उर्लाबारीस्थित जंगलमा अपहरणपछि करेन्ट लगाएर हत्या गरिएको थियो। उक्त प्रकरणमा ‍चूडामणि उप्रेती (गोरे)सहित ६३ जना प्रतिवादी थिए। पक्राउ परेका गौतमलाई मोरङ लगिएको छ।