काठमाडौँ
००:००:००
२ माघ २०८२, शुक्रबार

२ माघ २०८२
तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेताकार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन्। शुक्रबार निर्वाचन आयोगले आफू नेतृत्वको पक्षलाई आधिकारिकता दिएपछि उनले नेताकार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न अपिल गरेका हुन्।

थापाले विधानअनुसार निर्णय गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिँदै नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको बताएका छन्।

‘यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन । कुनै अलमल नपरौँ, सबै संयम होऔँ, जिम्मेवार बनौँ, एकतावद्ध रहौँ’ उनले भने,’विश्वास र भरोसा राख्नुहोस् । अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ ।’

सभापति थापाले शेरबहादुर देउवालगायत अन्य नेताहरूलाई पनि लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिन आग्रह गरेका छन्।