खिचिक्क
प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलका नेताबाट गराइयो उम्मेदवारी मनोनयन
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलका नेताहरूले आ-आफ्नो निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली‚ उनकै निर्वाचन क्षेत्रमा बालेन्द्र (बालेन) शाह‚ महेश बस्नेत‚ कुलमान घिसिङ‚ रवीन्द्र मिश्रलगायत नेताहरूले आ-आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मनोनयन दर्ता गराएका छन्।
प्रतिनिधिसभाको निर्वाचन २१ फागुनमा हुँदै छ। निर्वाचन आयोगले आज मनोनयन दर्ताको दिन तोकेको छ। हेरौँ उम्मेदवारहरूले मनोनयन दर्ता गराएपछिका थप तस्बिर :

झापा ५ बाट मनोनयन दर्ता गराउन जाँदै नेकपा एमालेका अध्यक्ष केपी ओली।

झापा ५ बाट मनोनयन दर्ता गराउँदै नेकपा एमालेका अध्यक्ष केपी ओली।

झापा ५ बाट मनोनयन दर्ता गराउँदै रास्वपाका बालेन्द्र शाह।

झापा ५ बाट मनोनयन दर्ता गराउँदै रास्वपाका बालेन्द्र शाह।

काठमाडौं ५ मा मनोनयन दर्तापछि नेकपा एमालेका नेता ईश्वर पोखरेल।

काठमाडौं ५ मा मनोनयन दर्ता गराउँदै नेकपा एमालेका नेता ईश्वर पोखरेल।

काठमाडौं ५ बाट नेकपाबाट उम्मेदवारी दिएकी कल्पना शर्मा।

काठमाडौं ५ मा नेकपाबाट मनोनयन दर्ता गराउँदै कल्पना शर्मा।

काठमाडौँ ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ मनोनयन दर्ता गराउँदै। तस्बिर : विक्रम राई/नेपालन्युज

काठमाडौँ ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ मनोनयन दर्ताका लागि जाँदै। तस्बिर : विक्रम राई/नेपालन्युज

भक्तपुर २ मा नेपाल जनसेवा पार्टीबाट मनोनयन दर्ता गराउँदै शोभा पाठक। यो क्षेत्रमा नेकपा एमालेबाट एमालेका महेश बस्नेत र नेपाली कांग्रेसका कविर राणाले मनोनयन दर्ता गराएका छन्।

भक्तपुर २ मा नेपाल जनसेवा पार्टीबाट मनोनयन दर्ता गराउँदै शोभा पाठक। यो क्षेत्रमा नेकपा एमालेबाट एमालेका महेश बस्नेत र नेपाली कांग्रेसका कविर राणाले मनोनयन दर्ता गराएका छन्।

भक्तपुर २ मा मनोनयन दर्ता गराउँदै नेकपा एमालेका महेश बस्नेत।

कार्यकर्ताको दलबलसहित भक्तपुर २ मा मनोनयन दर्ता गराउन जाँदै नेकपा एमालेका महेश बस्नेत।

भक्तपुर २ बाट रास्वपाबाट राजीव खत्रीले गराए मनोनयन दर्ता।

रास्वपाका उम्मेदवार राजीव खत्री भक्तपुर २ मा मनोनयन दर्ताका लागि जाँदै ।

रुकुम पूर्वबाट मनोनयन दर्ता गराउँदै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल। तस्बिर : दाहालको सचिवालय

रुकुम पूर्वबाट मनोनयन दर्ता गराउँदै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल। तस्बिर : दाहालको सचिवालय

काठमाडौँ १ मा मनोनयन दर्ता गराएपछि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्र।

काठमाडौँ १ मा मनोनयन दर्ता गराएपछि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्र।

काठमाडौँ ३ मा नेकपा एमालेका रामेश्वर फुयालले मनोनयन दर्ता गराएका छन्।

काठमाडौँ ३ मा नेकपा एमालेका रामेश्वर फुयालले मनोनयन दर्ता गराएपछि कार्यकर्ताहरुलाई अभिवादन गर्दै।

काठमाडौँ ३ मा रास्वपाबाट मनोनयन दर्ता गराएका राजुनाथ पाण्डे।

काठमाडौँ ३ मा रास्वपाबाट मनोनयन दर्ता गराउँदै राजुनाथ पाण्डे।

काठमाडौँ ४ मा रास्वपाबाट पुकार बमले मनोनयन दर्ता गराएका छन्।

काठमाडौँ ४ मा रास्वपाबाट पुकार बमले मनोनयन दर्ता गराएका छन्।

काठमाडौँ १ मा स्वतन्त्र उम्मेदवारीको मनोनयन दर्ता गराएका कमल कोइराला।

काठमाडौँ १ मा स्वतन्त्र उम्मेदवारीको मनोनयन दर्ता गराउँदै कमल कोइराला।

ललितपुर २ मा रास्वपाबाट मनोनयन दर्ता गराउँदै जगदीश खरेल।

काठमाडौँ ५ मा राप्रपाबाट मनोनयन दर्ता गराएपछि कमल थापा।

काठमाडौँ ५ मा मनोनयन दर्ता गराउँदै राप्रपाका उम्मेदवार कमल थापा।