काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

६ माघ २०८२
रवि लामिछाने। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालतमा‍ एक करोड धरौटी बुझाएका छन्। लामिछानेले एक करोड रुपैयाँ बैंक ग्यारेन्टी बुझाएको अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिएका छन्।

सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको एकल इजलासले थुनछेक बहसपछि लामिछानेसँग धरौटी माग गरेको थियो।

लामिछाने यसअघि अदालतमा उपस्थित भएका थिएनन्। आजै उपस्थित भएर थुनछेक बहसपछि उनले धरौटी बुझाएका हुन्।