काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

६ माघ २०८२
काठमाडौँ-९ मा उम्मेदवारी मनोनयन दर्ता गराएकी कांग्रेसकी नानु बाँस्तोला। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार करिब करिब टुंग्याएको छ। मंगलबार बसेको संसदीय बोर्ड बैठकले हालसम्म १६२ उम्मेदवारहरू टुंगो लगाएको छ।

प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसमा प्रत्यक्षतर्फ निर्वाचन मैदानमा ११ जना महिलालाई टिकट दिइएको छ।

कांग्रेसबाट महालक्ष्मी उपाध्याय (डिना) मकवानपुर-१ मा उठेकी छिन्। यस्तै काठमाडौँका १० वटामध्ये दुई क्षेत्रमा कांग्रेसले महिला उठाएको छ। सपनाराज भण्डारी काठमाडौँ-८ र नानु बाँस्तोला काठमाडौँ-९ मा उठेका छन्।

यसैगरी, मीनाकुमारी खरेल चितवन-२, चन्द्रकलाकुमारी यादव सिरहा-४, सरिता प्रसाई झापा-२, मन्धरा चिमरिया झापा-५, सुशीला थिङ सिन्धुली-२, वास्ना थापा दैलेख-१, किरण यादव महोत्तरी-२ र कुसुमदेवी थापामगर रूकुमपूर्वबाट उठेका छन्।