काठमाडौँ
००:००:००
२२ माघ २०८२, बिहीबार

११ माघ २०८२
उज्यालो नेपालको अध्यक्ष बनेपछि २६ पुस २०८२ मा कुलमान घिसिङको पत्रकार सम्मेलन। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको मुखमा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालका १५ संस्थापक नेताहरूले पार्टी परित्यागको घोषणा गरेका छन्।

यसरी पार्टी परित्याग गर्ने नेतामा विशाल भण्डारी, निर्देश सिलवाल, अभिषेकराज सिंह, सञ्जीव भट्टराई छन्। यसैगरी सुजन श्रेष्ठ, कुसुम घिमिरे, घनश्याम पाण्डे, क्षितिज भण्डारी, सागर ढकाल, नेत्र कार्की, विशाल गैरे, सरला लामिछाने, मीनराज आचार्य, रजिया बानु र देवेन्द्र श्रेष्ठ छन्।

उनीहरूले आइतबार सामूहिक रूपमा विज्ञप्ति जारी गरी पार्टी त्यागेको बताए। “वैकल्पिक राजनीतिको मूलधारबाट नेतृत्व विचलित भएका कारण पार्टी त्यागेका हौँ,” पार्टी त्यागेका नेता सिंहले नेपालन्युजलाई भने।

अलग हुनेमा नेतामा केही विवेकशील साझा पृष्ठभूमि भएका छन्। “हामी तत्काल विचार, मूल्य र नागरिक सरोकारका आधारमा क्रियाशील रहनेछौँ। यसलाई कुनै दलप्रति समर्थन वा विरोधका रूपमा नभई नागरिक चेतना र साझा हितको अभ्यासका रूपमा बुझिदिन अनुरोध गर्दछौँ,” उनीहरूले विज्ञप्तिमा भनेका छन्।