काठमाडौँ
००:००:००
२० माघ २०८२, मंगलवार

स्टक मार्केट

नेप्सेमा आज ६६ कम्पनीको मूल्य बढ्दा १९० कम्पनीको घट्यो भने तीन कम्पनीका सेयरमूल्य स्थिर

२० माघ २०८२
अ+
अ-

काठमाडौँ। साताको तेस्रो कारोबार दिन आज (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२.५८ अंकले घटेको छ।

आइतबार १९.८५ अंकले घटेको नेप्से सोमबार १.५३ अंकले बढेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.४६ प्रतिशतले ओरालो लागेको नेप्से २‚६८३.१५ विन्दुमा अडिएको छ।

सेन्सिटिभ इन्डेक्स पनि २.४५ अंकले घटेर ४५६.७१ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा ०.५३ प्रतिशतले घटेको छ। नेप्सेमा मंगलबार ३२२ कम्पनीको ९२ हजार ३३८ पटकको कारोबारमा एक करोड ८७ लाख तीन हजार १८३ कित्ता सेयर किनबेच भए। जसमा मंगलबार आठ अर्ब ६३ करोड १५ लाख १२ हजार ५४२ रुपैयाँको कारोबार भयो।

नेप्सेमा आइतबार नौ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ रुपैयाँको कारोबार भएको थियो भने सोमबार आठ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६७० रुपैयाँको कारोबार भयो।

नेप्सेमा आज (मंगलबार) १३ समूहको कारोबार भएकामा तीनवटा समूहको मात्र सूचक बढ्यो। बाँकी १० समूहका सूचक घटे। जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.६३‚ विकास बैंक ०.६१ र फाइनान्स १.०९ प्रतिशतले घट्दा होटेल तथा पर्यटन १.७९ प्रतिशतले बढ्यो।

नेप्सेमा मंगलबार जलविद्युत् समूह ०.९७‚ लगानी ०.५१‚ जीवन बिमा ०.३९ प्रतिशतले घट्यो।

यसैगरी उत्पादन तथा प्रशोधन समूह ०.३७ प्रतिशतले बढ्यो। लघुवित्त समूह भने ०.४२ प्रतिशतले घट्यो। म्युचुअल फन्ड समूह १.०० प्रतिशतले बढ्यो। यस्तै निर्जीवन बिमा ०.३५‚ अन्य समूह ०.५६ प्रतिशतले र व्यापार समूह ०.४६ प्रतिशतले घट्यो।

नेप्सेमा मंगलबार ६६ कम्पनीको मूल्य बढ्दा १९० कम्पनीको घट्यो। तीन कम्पनीका सेयरमूल्य भने स्थिर रहे।

दिनभर उतारचढाव भइरहेको नेप्सेमा मंगलबार कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले १० प्रतिशतले कमाए। अर्थात् कालिञ्चोको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो।

यस्तै सबैभन्दा धेरै सान्भी इनर्जी लिमिटेडका लगानीकर्ताले ४.६३ प्रतिशतले सेयरमूल्य गुमाए। यसको अन्तिम सेयरमूल्य ९०७ रुपैयाँ कायम रह्यो।

आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको सेयर कारोबार भयो। आज (मंगलबार) यसको ५९ करोड २९ लाख आठ हजार ४११ रुपैयाँको कारोबार भएको छ। एसवाई प्यानलको अन्तिम सेयर मूल्य प्रतिकित्ता २‚१२९ रुपैयाँ कायम रह्यो।